Logo

लियो टाल्स्टायका तीन लघुकथा



Spread the love

अन्धाको लालटिन

अँध्यारो रातमा एक अन्धो सडकमा हिँडिरहेको थियो । उसको हातमा एक लालटिन थियो र शिरमा एक माटाको भाँडो । कुनै बाटामा हिँडिरहेको बटुवाले सोध्यो,‘ओ ! मुर्ख, तेरो लागि दिन र रात दुबै एकै हो । किन यो लालटिन चाहियो ?’
अन्धाले उसलाई जवाफ दियो,‘यो लालटिन मेरो लागि होइन, तेरो लागि आवश्यक छ । किनकि अँध्यारोमा कतै तँ मसँग ठोक्किएर मेरो माटाको भाँडो नखसोस् । ’

बोझ

केही सैनिकहरु दुश्मनको इलाकामा आक्रमण गरिरहेका थिए । सोही बेलामा एक किसान भाग्दै खेतमा आफ्नो घोडानेर गयो र उसलाई समात्ने प्रयत्न गर्यो । तर, घोडा भने काबुमा आउन सकेको थिएन ।
किसानले घोडालाई भन्यो,‘मूर्ख ! यदि तँ मेरो हातमा लागेनस् भने तँ दुश्मनको हातमा पर्नेछस् ।’
‘दुश्मनले मलाइ के गर्नेछ ?’ घोडाले भन्यो ।
‘उसले तँमाथि बोझ लाद्ने छ, अरु के गर्ला र !’
‘के म तिम्रो बोझ उठाएको छैन ?’ घोडाले भन्यो,‘मलाइ के फरक पर्छ र म जसको पनि बोझ उठाउँछु ।’

दयालुको दया

कुनै समयमा एक मानिस यतिसम्म पापी थियो कि उसले ७० वर्षको जीवनमा पनि कुनै एक राम्रो काम गरेको थिएन । सधैं पापकर्म मात्र गर्दथ्यो तर, मर्ने समयमा उसको मनमा ग्लानि भयो अनि रोइ कराइ भन्न थाल्यो, ‘हे भगवान ! म कसरी बैतरणी पार गर्छु ? तंपाई त भक्तको कुरा सुन्नु हुन्छ, कृपा र दयाको समुन्द्र हुनुहुन्छ, के मजस्तो पापीलाई क्षमा गर्नु हुन्न ?’

यस पश्चातापको फलस्वरुप उ नर्कमा गयो, स्वर्गको ढोकामा पुर्याइयो । उसले ताल्चा हल्लायो ।
भित्रबाट आवाज आयो,‘स्वर्गको ढोकामा को उभिएको छ श्र चित्रगुप्त, यसले के के धर्म गरेको छ ?’

चित्रगुप्त– महाराज, यो त ठुलो पापी हो । जन्मदेखि लिएर मर्ने बेलासम्म यसले एक पनि शुभकर्म गरेको छैन ।

भित्रबाट आवाज आयो,‘जाउ, पापीहरुका लागि स्वर्गमा आउन आज्ञा हुँदैन ।’

मनुष्य बोल्यो,‘तंपाई को हो ?’
भित्रबाट यागेश्वर भन्ने आवाज आयो ।
मनुष्यले भन्यो, ‘महाराज, केवल दयाको कारण तंपाई अवतार कहलाउनु भयो । राजसम्मान, धनदौलत सबै लत्याइ प्राणीको मात्र दुख निवारण गर्न तंपाईले वैराग्य धारण गर्नुभयो । तंपाईको प्रेममय उपदेशले संसारलाई दयामय बनाएको छ । मैले माने कि म पापी हुँ; तर अन्त्य समय प्रेमको उत्पन्न हुनु निष्फल हुन सक्दैन ।’

मानिसको कुरा सनी बुद्ध महाराज शान्त भए । पापीले फेरि ढोका ढकढक गर्यो ।
भित्रबाट,‘ को हो ?’ भनी आवाज आयो ।
चित्रगुप्तले भने,‘स्वामी यो त्यहीं दुष्ट मानिस हो ।’
भित्रबाट फेरि भित्र आउने आज्ञा नभएको आवाज आयो ।
पापीले भन्यो,‘महाराज तंपाईको नाम ?’
भित्रबाट ‘कृष्ण’ भन्ने आवाज आयो ।
पापीले निकै खुशीका साथ भन्यो, ‘आहा ! म अब भित्र जाँदा कुनै सन्देह हुँदैन । तंपाई स्वयं प्रेमको मूर्ति हो, प्रेमिल भएरै तंपाईले विभिन्न नाचहरु नाच्नुभयो, तंपाईको कीर्तिहरुलाई विचार गर्नुहोस् । तंपाई त सधैं प्रेमको खानी रहनु भएको छ । ’
तंपाईको नै उपदेश रहेको छ– ‘जसले हरि जप्छ उ हरिको हुन्छ ’, अब मलाइ कुनै चिन्ता छैन ।
स्वर्गको ढोका खुल्यो अनि पापीभित्र छिर्यो ।

प्रतिक्रिया दिनुहोस्