१९ असार, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले एसिया महादेशामा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको एसिया अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।
अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर५ लाख २४ हजार ३६ जनाको मृत्यु भएको छ भने १ करोड ९ लाख २ हजार बढी संक्रमित भएका छन् ।६१ लाख ४० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३२ जनाको मुत्यु भएको छ ।
पछिल्लो समय भारत एसियामा सबै भन्दा धेरै कोरोना संक्रमण भएको छ भने दोस्रोमा पाकिस्तान र तेस्रोमा बङ्गलादेश रहेको छ । उक्त महादेशामा दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ । वर्ल्डोमिटरका एजेन्सको सहयोगबाट एसिया महादेशामा कोरोनाको कारण कतिको मृत्यु ?
१.भारत – संक्रमण – ६२८,२०५ , मुत्यु – १८,२४१, निको भएका- ३८०,३७४
२.पाकिस्तान – संक्रमण – २२१,८९६, मुत्यु – ४,५५१, निको भएका- ११३,६२३
३. बङ्गलादेश – संक्रमण – १५६,३९१, मुत्यु – १,९६८, निको भएका- ६८,०४८
४. कतार – संक्रमण – ९७,८९७, मुत्यु – ११८, निको भएका -८६,५९७
५. चीन – संक्रमण – ८३,५४२, मुत्यु – ४,६३४, निको भएका- ७८,४९९
६. कुवेत – संक्रमण – ४७,८५९, मुत्यु -३५९, निको भएका- ३८,३९०
७. कजाख्स्तान – संक्रमण – ४४,०७५, मुत्यु – १८८, निको भएका – २६,२५१
८.ओमान – संक्रमण – ४३,९२९, मुत्यु – १९३, निको भएका- २६,६१९
९.अफगानिस्तान – संक्रमण – ३२,३२४, मुत्यु -८१९, निको भएका- १७,३३१
१०. जापान – संक्रमण -१८,८७४, मुत्यु -८४३ ,निको भएका-१६,७७२
११.नेपाल -१५,२५९, मुत्यु – ३२, निको भएका-६,१४३