एजेन्सी । कोरोना महामारीका कारण बितेको तीन महिनामा अफ्रिका महादेशलाई ट्राभल र टुरिज्म क्षेत्रमा ५५ अरब डलरको घाटा भएको अनुमान लगाइएको छ । अफ्रिकन युनियनका एक अधिकारीले प्रस्तुत कुराको जानकारी दिएका हुन् ।
अमानी अबुजेदले एक अनलाइनसँगको कुराकानीमा महादेशको जीडीपीको दश प्रतिशत यहीं क्षेत्रबाट आउने र लाखौँ मानिसको जीविकोपार्जन यसैमा निर्भर रहेको बताएका छन् ।
अमानीले कोरोना भाइरसको मार केही एयरलाइन्सले थाम्न नसक्ने पनि बताएका छन् ।
मार्च महिनामा वर्ल्ड ट्राभल एण्ड टुरिज्म काउन्सिलले महामारीका कारण विश्वभरमा पाँच करोड जागिर गुम्न सक्ने जनाएको थियो । त्यसपछि धेरै एयरलाइन्सले धेरैलाई जागिरबाट निकालिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्