१९ असार, एजन्सी –विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।
जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोना भाइरसबाट १५ लाख १ हजार भन्दा धेरै संक्रमित भएका छन् भने ६२ हजार ९० भन्दा धेरै जनाको मृत्यु भएको छ । ९ लाख १६ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।
२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट १ हजार २ सय ७७ जनाको मृत्यु भएको छ भने अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा ४० हजार नयाँ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्