Logo

२४ घण्टा याता कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

 

१८ असार, काठमाडाैं । नेपालमा थप ४७३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा थप ४७३ जनामा काेराेना संक्रमण देखिएका मध्य कैलाली १६५, डोटीमा ५८ जना, बझाङका ३५, कञ्चनपुर र अछामका ३१/३१ जना, काठमाडौंका २८, जनाधनुषाका ३०, लमजुङका १६, महोत्तरीका १३ र सप्तरीका १०, मोरङका ६ जना, सुनसरी, सिन्धुपाल्चोक र दाङका ४/४ जना, तनहुँ र दैलेखका ३/३ जना, चितवन, दोलखा, पर्वत, भक्रतपुर, ललितपुर, स्याङ्जाका २/२, काभ्रे, धादिङ, रामेछाप, नुवाकोट, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली, नवलपरासी, पाल्पा, रुपन्देही, बर्दिया, कास्की, बाग्लुङ, उदयपुर, झापा, खोटाङ, कालीकोटका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १४ हजार ५ सय १९ पुगेकाे छ ।हालसम्म अस्पतालबाट ५ हजार ३ सय २० जना डिस्चार्ज भएका छन् भने ३१ ज्यान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्