असार १८, काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपामा भइरहेको पछिल्ला घटनालाई लिइ दुई तिहाइको सरकार पचेन भन्दै व्यंग गरेका छन् ।
बाबुरामले ट्वीट गर्दै व्यंग गरेका हुन् ।
उनले ट्वीटमा लेखेका छन्,‘कुनैकुनै प्राणीलाई घिउ पच्दैन रे ! हाम्रा कमरेडहरुलाई पनि दुई तिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ । त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो ! सबै सजग रहौँ र खबरदारी गरौँ । त्यत्रो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !’
केपी शर्मा ओलीले संसद अधिवेशनकाे अन्त्य गरेसँगै बाबुरामले यस्ताे खालकाे अभिव्यक्ति दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्