असार १८, काठमाडौं । अनुमति बेगर ड्रोन चलाउँदा चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २ लाजिम्पाटमा बिना अनुमति ड्रोन चलाइरहेका चार जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका १० बस्ने ३१ वर्षीय रवि शाक्यसहित अन्य चारजना पक्राउ परेका छन् । उक्त स्थानमा ड्रोन उडेको खबर पाएपछि प्रहरी त्यहाँ पुगेका थिए ।
अनुसन्धान गर्दा मार्चिङ एण्ड प्रालि कम्पनीले सोही स्थानमा रहेको माछापुच्छ्रे बैंकको भवनको भिडियो खिच्ने क्रममा ड्रोन उडाएको पाइएको छ । बिना अनुमति निषेधित क्षेत्रमा ड्रोन उडाउँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रवि शाक्य मार्चिङ एण्ड प्रालि कम्पनीका कर्मचारी हुन् ।
प्रहरीले घटनाको विस्तृत अध्ययन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्