Logo

४७ दिने कोरोना संक्रमित शिशुको मृत्यु



Spread the love
प्रतीकात्मक तस्वीर

असार १८, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएका ४७ दिने शिशुको मृत्यु भएको छ । म्याग्दीका ४७ दिने शिशु काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए ।

ती शिशुको बुधबार बेलुका मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ ।

शिशुको गत सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो । अस्पतालका अनुसार शिशुमा जन्मदेखि नै श्वासप्रश्वासमा समस्या थियो । शिशुको शल्यक्रिया गर्नुभन्दा पहिला स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्