असार १८, काठमाडाैं । तनहुँमा एक युवतीको खोलामा डुबेर मृत्यु भएको छ । भानु नगरपालिका १ की २२ वर्षीया तिलकुमारी गुरुङको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
उनी साथीसँगै पौडी खेल्न कालीदहमा गएकी थिइन् । उनीसँगै पौडी खेल्न गएका अन्यलाई भने केही भएको छैन । उनलाई उपचारको लागि अस्पताल लगिएको थियो तर, डाक्टरले अस्पताल पुग्नासाथ मृत्यु भएको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्