असार १८, काठमाडाैं । नेपालगञ्जमा २४ ग्राम ब्राउनसुगरसँग एक जना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाले भारत रूपइडियाका मुन्ताज अहमद सिद्धिकीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
सिद्धीकी पकेटमा ब्राउनसुगर राखी नेपालगञ्जतिर आइरहेका थिए । उनी पिप्रहवा गाउँबाट पक्राउ परेका हुन् । प्रहरीलाई देखेपछि उनले भाग्ने प्रयास गरेका थिए तर सकेनन् ।
लकडाउनको बेलामा पनि बाँकेमा लागूऔषधको कारोबार भइरहेको छ । प्रहरीले लकडाउनमै पाँचवटा मुद्या दर्ता गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्