Logo

बोत्सवानामा दुई महिनामा ३५० भन्दा धेरै हात्तीको मृत्यु



Spread the love
The cause of the deaths is still a mystery but it’s unlikely to be due to poachers.


एजेन्सी । अफ्रिकी राष्ट्र बोत्सवानामा बितेको दुई महिनामा ३५० भन्दा धेरै हात्तीको ज्यान गएको छ ।
शिकारीहरुका लागि उक्त क्षेत्र लामो समयदेखि नै खतरा रहेको छ । हात्तीको आवादीमा बिमारी फैलिएको आशंका गरिएको छ । प्रस्तुत बिमारी मानिसमा फैलिने चिन्तासमेत थपिएको छ ।

बोत्सवानाको सरकारले मरेका हात्तीकाे परीक्षणको लागि नमुना पठाइसकेको छ तर परिणाम भने आएको छैन । परिणाम आउनका लागि केही हप्ता लाग्न सक्छ ।

गएको सालको अक्टोबरमा एन्थ्राक्सजस्तो बिमारले बोत्सवानामा सयभन्दा धेरै हात्ती मरेका थिए ।

प्रतिक्रिया दिनुहोस्