असार १७, काठमाडौं । काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ । काठमाडौंमा ५ महिला र ५ पुरुष गरी १० जना, भक्तपुरका एक महिला र एक पुरुष गरी २ जनामा र ललितपुरमा ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्