असार १७, काठमाडौं । रुकुम(पूर्व) मा श्रीमतीद्धारा श्रीमानको हत्या भएको छ । सिस्ने गाउँपालिका–२ प्वाङको सुद्रीमा २० वर्षीया रेश्माले २३ वर्षीय बिछोड विकलाई चिर्पटले हानी हत्या गरेकी हुन् ।
घरेलु विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई चिपर्टले टाउकोमा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिएका छन् ।
जीवनका अनुसार घटना बारेमा बुधबार बिहान थाहा पाइएको र प्रहरीलाई खबर गरिएको छ ।
मृतकको नाक, मुख र टाउकाबाट धेरै रगत बग्दा मृत्यु भएको हुनसक्ने केसीले जनाएका छन् ।
घटनाको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्