Logo

२४ घण्टा याता कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१७ असार, काठमाडाैं । नेपालमा थप ४८२ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ४८२ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा थप ४८२जनामा काेराेना संक्रमण देखिएका मध्य अछाममा १३६, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०/२० जना, बझाङका १८, काठमाडौं १०, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११/११, लमजुङका १०, स्याङ्जा र गुल्मीका ८/८ जना, कास्की, गोरखा, ललितपुर, बाग्लुङका ३/३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा,  भक्तपुर, दैलेख र कालीकोटका २/२, ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार हालसम्म ४ हजार ६५६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १४ हजार ४६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्