असार १७, काठमाडौं । भारतबाट पुनः सलहको झुण्ड आउँदै गरेको कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गतको क्वारेन्टाइन तथा विषादी केन्द्रले जानकारी दिएको छ । वायुको गति परिवर्तन भएकाले सलह नेपाल आउन लागेका हुन् ।
अहिले भारतका विभिन्न जिल्लामा भएका सलह नेपाल आइ दार्जिलिङ र सिलिगुडीसम्म पुग्ने पूर्वानुमान गरिएको छ ।
सलहको समूह तराई, भित्रिमधेश तथा तल्लो पहाडी भेगका किसानलाई सजग भइ बस्न केन्द्रले आग्रह गरेको छ । हालसम्म नेपालमा सलहको समूह झण्डै ५० जिल्लामा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्