एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ लाख १३ हजार कटेको छ । बितेको २४ घण्टामा पाकिस्तानमा कोरोना भाइरसबाट ४,१३३ जना संक्रमित भएसँगै संक्रमित हुनेहरुको संख्या २ लाख १३ हजार ४७० पुगेको हो ।
हालसम्म पाकिस्तानमा कोरोना भाइरसबाट ४,३९५ जनाले ज्यान गुमाइसकेका छन् ।
पाकिस्तानको पन्जाब र सिन्ध प्रान्त अत्याधिक प्रभावित भएका छन् । स्वास्थ्य विभागका अनुसार यहाँ हरेक दिन २० हजारभन्दा धेरै नमुना परीक्षण भइरहेको छ ।
संक्रमितहरुमध्ये एक लाखभन्दा धेरै बिरामी अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्