Logo

मेलबर्नमा फेरि लकडाउन हुने



Spread the love

एजेन्सी । कोरोना संक्रमणको मामिला कम गर्नका लागि अस्ट्रेलियाको सरकारले अस्ट्रेलियाको दोस्रो ठुलो शहर मेलबर्नमा फेरि लकडाउन गर्ने निर्णय गरेको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार मेलबर्नमा बुधबार राति १२ बजेदेखि लकडाउन हुनेछ ।
अस्ट्रेलियाका अन्य शहरमा लकडाउन हटाइसकेपछि मेलबर्नमा लकडाउन गरिने निर्णय गरिएको छ ।

स्थानीय मिडिया रिपोर्ट्सका अनुसार मेलबर्नमा रहेका करिब तीन लाख बीस हजार मानिसलाई अत्यावश्यक कामको लागि मात्र घरबाट निस्कनको लागि आग्रह गरिएको छ ।

मेलबर्नमा चार साताको लागि लकडाउन लागु गरिनेछ । लकडाउनको दौरान स्कुल जान, खाने पिउने सामान किन्न र स्वास्थ्यकर्मीहरुको आवतजावतमा प्रतिबन्ध लगाइने छैन । यद्यपि सामाजिक दूरी भने कायम गर्नु पर्नेछ ।

मेलबर्नमा जाने सबै उडान रद्द गरिएको छ र शहरमा बिना कारण घुमेको फेला पारेमा जरिवाना तिर्नु पर्ने नियम पनि राखिएको छ ।

सरकारी तथ्यांक अनुसार अस्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसबाट ७,९०० संक्रमित भएका छन् भने १०४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्