Logo

जो बिडनले चुनावी र्याली नगर्ने



Spread the love


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिद्धन्दी जो बिडनले कोरोना महामारीको दौरानमा चुनावी र्याली नगर्ने बताएका छन् ।

जो बिडन डेमोक्रेटिक पार्टीबाट आउन लागेको राष्ट्रपति चुनावमा ट्रम्पको प्रतिद्धन्दी भएर उठेका छन् ।

बिडनले भने, ‘मेरा रायमा यो आधुनिक इतिहासको सबैभन्दा असाधारण चुनाव र्याली हो ’

‘म डाक्टर र विशेषज्ञहरुको रायमा आधारित भइ निर्णय लिनेछु । निर्णय मेरो लागि नभइ देशको लागि हुनेछ । यसको मतलब यो हो कि मैले चुनावी र्याली गर्ने छैन ।’ बिडेनले थपे ।

बिडेनका प्रतिद्धन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनमा ओक्लोहोमामा एक चुनावी र्याली निकालेका थिए । जहाँ आशा गरिएकोभन्दा कम भीड जम्मा भएको थियो । त्यसपछि ट्रम्पले अभियान निकाल्ने टिमलाई अब कुनै र्याली नगर्ने बताएका थिए ।

अमेरिकामा अब आउँदो नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ । उक्त चुनावमा बिडेनले जित्ने धेरैले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्