असार १७, काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । बुधबार सुन प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी संघले बताएको छ । हिजो सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
संघले तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढी ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्