१७ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
१४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएको एक हप्तामा मृत्यु भएका अछामका पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको हो । सास फेर्न समस्या, पखाला लागिरहने, खोकी लागिरहने जस्ता लक्षण देखिएपछि बयालपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको बताइएको छ । मृतक पुरूषको शव छोरा र भाइले सोमबार व्यवस्थापन गरेका थिए ।
जिल्लाको रामारोशन गाउँपालिकाका स्वास्थ्य इन्चार्ज प्रभुनाथ देवकोटाले बताए अनुसार त्यहाँका ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
आज बिहान थप २८ कोरोना संक्रमण पुष्टि भएका छन् भने हिजो मंगलबार थप ३१६ संक्रमण भएका मध्य ३७ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा यता थप ३१६ जना कोरोना पुष्टि भएका छन् भने त्यी मध्य बाजुरामा ४८, महोत्तरीका २९ जना, अछामका २७ जना, सप्तरीका २५, दाङका २१, पाल्पाका १८, डोटीका १७, काठमाडौंका १२ र सिराहाका १०, कास्कीका ९ जना, रुकुम पश्चिम र सर्लाहीका ८/८ जना, अर्घाखाँची र रौतहटका ७/७ जना, तनहुँका ६, कैलाली र झापाका ५/५ जना, स्याङ्जाका ४ जना, धनुषा, संखुवासभा, डडेलधुरा, दैलेख, बैतडी,लमजुङका ३/३ जना, सल्यान, बाजुरा, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका २/२, ललितपुर, भक्तपुर, बाजुरा, गुल्मी, गोरखा, बाग्लुङ, अछाम, बैतडी, म्याग्दी र बाँकेका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १३ हजार ५६४ पुगेकाे छ । यसैगरी हालसम्म ३ हजार १९४ जना बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । २९ जनाको ज्यान गएको छ ।
नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१३५८, दैलेख – ९०७, कपिलवस्तु-८४८, सर्लाही –६१७, महोत्तरी -५८९, दाङ- ५६९, कैलाली -५६६, पाल्पा -५०४,धनुषा -४००, रुपन्देही ३०९, बाँके ३६९,र काठमाडौं ६० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
कपिलवस्तु – ८४८
रौटहट – १३६५
दैलेख – ९१०
बाँके – ३७०
झापा – २२८
पर्सा -१६१
धनुषा -४०३
रुपन्देही -३०९
सर्लाही –६२५
सप्तरी – २०९
उदयपुर -५७
बारा -१०३
सुर्खेत – २७३
दाङ- ५९०
सिरहा -१७९
महोत्तरी -६१८
सल्यान – २०८
जुम्ला -३०
कालिकोट- ५५
काठमाडौं -७०
मोरङ -१२८
बर्दिया -१६६
धनकुटा-९
बैतडी – २३५
कैलाली -५७१
गुल्मी –३१६
चितवन -७५
भक्तपुर -२३
नवलपरासी-८९
सुनसरी -८२
धादिङ -१३०
बाग्लुङ -१९५
मकवानपुर -१६
अछाम -१५६
अर्घाखाँची – २३०
स्याङ्जा -१९०
खोटाङ – ९
भोजपुर -६
कञ्चनपुर -२०२
रामेछाप – १२
सिन्धुली –१३
लमजुङ -२३
ललितपुर -९
नवलपुर – २२६
डडेल्धुरा –२२५
नुवाकोट- १६
दोलखा -४
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१७
म्याग्दी-१६
संखुवासभा-५
बाजुरा -४४१
तनहुँ -१२३
डोटी -४४५
पर्वत-७६
पाल्पा -५२२
प्युठान -३१३
ताप्लेजुङ -७
पाँचथर -५
सिन्धुपाल्चोक -३०
मुगु -२
बझाङ – ९०
हुम्ला -२
काभ्रे- ६
दोलखा- १
गोरखा- ९४
कास्की – ५१
रोल्पा- ७८
जाजरकोट -१२
डोल्पा- ४
धरान- १६
इलाम- १०
मनाङ १
रुकुमपश्चिम -१२
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३
धरान- ५
रसुवा -९