Logo

गण्डकीमा थप २८ जनामा कोरोना पुष्टि



Spread the love
No photo description available.

१७ असार, काठमाडौँ । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

आज बुधबार थप २८ जना मध्य नवलपरासीका १२, गोरखाका ३, कास्कीका १, स्याङ्जाका ८, बाग्लुङका ३ र तनहुँका १ जनामा संक्रमण पुष्टि भएको डा विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्