Logo

वडा अध्यक्षमा कोरोना संक्रमण



Spread the love

१६ असार, दाङ – दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका वडा अध्यक्षमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गरिएको स्वाब परीक्षणमा ५८ वर्षीय वडाध्यक्षमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

वडा अध्यक्षमा कोरोना पुष्टि भएसँगै वडा कार्यालय सिल गरिएको र उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलनको प्रकिया सुरू गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्