१६ असार, काठमाडौं । नेपालमा थप ३१६ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशका विभिन्न स्थानमा भएका प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ३१६ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
काठमाडौं उपत्यकामा थप १२ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ६, ललितपुर र भक्तपुरका १–१ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौं जिल्लामा ४ महिला र ६ जना पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १३ हजार ५६४ पुगेकाे छ । यसैगरी हालसम्म ३ हजार १९४ जना बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्