१६ असार, काठमाडौं । नेपालमा थप ३१६ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशका विभिन्न स्थानमा रहेका प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् जनामा ३१६ काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
२४ घण्टा यता थप ३१६ जना कोरोना पुष्टि भएका छन् भने त्यी मध्य बाजुरामा ४८, महोत्तरीका २९ जना, अछामका २७ जना, सप्तरीका २५, दाङका २१, पाल्पाका १८, डोटीका १७, काठमाडौंका १२ र सिराहाका १०, कास्कीका ९ जना, रुकुम पश्चिम र सर्लाहीका ८/८ जना, अर्घाखाँची र रौतहटका ७/७ जना, तनहुँका ६, कैलाली र झापाका ५/५ जना, स्याङ्जाका ४ जना, धनुषा, संखुवासभा, डडेलधुरा, दैलेख, बैतडी,लमजुङका ३/३ जना, सल्यान, बाजुरा, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका २/२, ललितपुर, भक्तपुर, बाजुरा, गुल्मी, गोरखा, बाग्लुङ, अछाम, बैतडी, म्याग्दी र बाँकेका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १३ हजार ५६४ पुगेकाे छ । यसैगरी हालसम्म ३ हजार १९४ जना बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । २९ जनाको ज्यान गएको छ ।