Logo

अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्नुहाेस् – प्रचण्ड



Spread the love

असार १६, काठमाडौं नेकपा अध्यक्ष दाहालले आफ्ना समकक्षी ओलीलाई राजीनामा मैले मागेको हो, भारतले होइन भन्ने जवाफ दिएका छन् । पार्टीको विधि विधान र सहमतिका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको ठहर थियो ।

प्रधानमन्त्री ओलीले रोष्टममा बोल्दै भारत आफूलाई प्रधानमन्त्री पदबाट च्यूत गर्न लागि परेको जिकिर गरेका थिए ।

ओलीका बारे थप टिप्पणी गर्दै दाहालले भारत विरुद्धका अभिव्यक्ति दिएर उनले आफ्नो साख आफै गुमाएको आरोप लाएका छन् । भारतसँग जुधेर अन्तराष्ट्रिय सम्बन्ध सुधार नहुने भन्दै अब पार्टी निर्णयले नै ओलीको भविष्य तय गर्ने निष्कर्ष दाहालले दिएका छन् ।

उता, आफ्नो बचाउमा बोल्दै अर्का अध्यक्ष ओलीले पार्टीको आन्तरिक वार्ता तथा निर्णय दिल्लीका छापा माध्यममा आउनु नै विषमताको पहिलो मुहान भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्