एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ५ लाख नाघेको छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।
अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ८ हजार ७७ जनाको मृत्यु भएको छ भने १ करोड ४ लाख ७ हजार बढी संक्रमित भएका छन् । ५६ लाख ६४ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २९ जनाको मुत्यु भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।
कुन देशमा कतिको मृत्यु ?
१. अमेरिका –२,६८२,०११
२. ब्राजिल -१,३७०,४८८
३.रसिया- ६३७,८४९
४.भारत –५६८,३४६
५.यू. के – ३११,९६५
६. स्पेन – २९६,०५०
७. पेरु – २८२,३६५
८. चिले -२७७,९९९
९.इटाली – २४०,४३६
१०.इरान – २२७,६६२
प्रतिक्रिया दिनुहोस्