Logo

भारत सरकारद्धारा टिक–टक लगायतका ५९ चिनियाँ एप्समा प्रतिबन्ध



Spread the love


एजेन्सी । भारत सरकारले टिक–टक लगायतका ५९ चिनियाँ एप्सहरुमा प्रतिबन्ध लगाएको छ । यद्यपि टिक–टक एप गुगल प्ले स्टोर र एप्पल स्टोरबाट हटाइएको छ ।

असारको पहिलो साता भारत–चीन विवादित भूमि लद्याखमा चिनियाँ सेनाको आक्रमणमा भारतीय सेनाका कर्णेलसहित २० जनाको मृत्यु भएपछि दुई देशबीच टेक वार सुरु भएको हो ।

सुरक्षा निकायले चीनले भारतको सुरक्षा तथ्यांक लिन सक्ने शंका गरेपछि भारतले एप बन्द गर्ने निर्णय गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्