Logo

सरकारी कर्मचारीको अवकाश समय बढ्यो



Spread the love

असार १६, काठमाडौं । सरकारी क्षेत्रका कर्मचारीहरुका लागि अवकाशको लागि उमेर बढाइएको छ । अब सरकारी कर्मचारीले ६० वर्षसम्म काम गर्न पाउनेछन् । यसभन्दा अगि ५८ वर्षसम्ममात्र काम गर्न पाइन्थ्यो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उमेर हद ६० वर्ष बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा निजामति कर्मचारीले ६० वर्ष उमेर पुरा भएपछि अनिवार्य अवकाश पाउने भनी लेखिएको छ ।

विधयेकको दफा ५४ लाई संशोधन गर्दै समितिले तयार गरेको प्रतिवेदनमा भनिएको छ, ‘उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल स्वास्थ्यबाहेक अन्य सेवाका निजामती कर्मचारीको हकमा देहायको अवधिसम्मका लागि अनिवार्य अवकाश हुने उमेर हद देहायबमोजिम हुनेछ-

क. संवत २०७७ साल असार मसान्तसम्मकाे लागि अन्ठाउन्न वर्ष,

ख. संवत् २०७७ साल साउन १ गतेदेखि संवत् २०७९ साल असार मसान्तसम्मकाे लागि अनान्साठी वर्ष ।

प्रतिक्रिया दिनुहोस्