Logo

भारतमा कोरोनाबाट ५ लाख ६६ हजारभन्दा धेरै संक्रमित



Spread the love


एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको कहर दिनप्रति दिन बढिरहेको छ । बितेको २४ घण्टामा भारतमा १८, ५२२ जना संक्रमित भएका छन् भने ४१८ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म भारतमा कोरोना भाइरसबाट ५ लाख ६६ हजार ८४० जना संक्रमित भएका छन् भने १६, ८९३ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितहरुमध्ये २ लाख १५ हजार १२५ जनाको उपचार चलिरहेको छ भने ३ लाख ३४ हजार ८२२ जना निको भइ घर पुगेका छन् ।

२९ जुनसम्म भारतमा ८६ लाखभन्दा धेरैको नमुना परीक्षण गरिसकिएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र प्रदेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्