एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले सोमबार कोरोना भाइरसको स्रोत पत्ता लगाउनका लागि एक टिम चीन पठाउन लागेको बताएको छ ।
डब्ल्यूएचओले एक टिम आगामी साता चीन पठाउँदैछ । उक्त टिमले विश्वव्यापी रुपमा फैलिएको महामारी आखिर कहाँबाट आएको थियो भनी पत्ता लगाउनेछ ।
डब्ल्यूएचओले मे महिनाको सुरुवातबाट नै चीनलाई बारम्बार उसको विशेषज्ञहरुलाई बोलाइ कोरोना भाइरसको स्रोत पत्ता लगाउन आग्रह गरिरहेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोसले भने,‘जब हामीलाई यस भाइरसको बारेमा सबै कुरा थाहा हुनेछ तब हामी यस विरुद्ध लड्न सक्नेछौँ । हामीले यो भाइरस कहाँबाट आएको हो भनी पत्ता लगाउनु छ । हामीले आगामी साता एक टिमलाई यहीं कुरामा खोजी गर्न चीन पठाउँदै छौँ । र हामीलाई भाइरसको उत्पत्ति बारेमा केही कुरा थाहा हुने आशा गर्दछौँ ।’
प्रतिक्रिया दिनुहोस्