Logo

कोरोना भाइरसको डरलाग्दो अवस्था आउन अझै बाँकी छ– डब्ल्यूएचओ



Spread the love

डा. टेड्राेस


एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्ल्यएचओ) का प्रमुख डा. टेड्रोसले महामारीले अझै डरलाग्दो रुप नलिएको बताएका छन् ।

सोमबार एक भर्चुअल ब्रिफिङमा बोल्दै डब्ल्यूएचओका प्रमुख डा.टेड्रोसले भने,‘हामी सबै चाहन्छौँ कि भाइरस चाँडै हराएर जाओस् । हामी सबै पुरानो जिन्दगीमा आउन चाहन्छौँ । तर तितोसत्य हो हो कि हामीले भाइरसको डरलाग्दो रुपमा गुज्रिन बाँकी छ ।’

‘यद्यपि केही देशमा भाइरसको संक्रमण रोकिएपनि विश्वव्यापी रुपमा भने महामारी फैलिने रफ्तार तिव्र छ । वैश्विक एकजुटतामा कमीले भाइरस फैलिन मद्यत गरेको छ ।’ उनले थपे ।

टेड्रोसले जर्मनी, दक्षिण कोरिया र जापानले जस्तै बाटो अपनाउनको लागि सबै देशलाई आग्रह पनि गरेका छन् ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ करोड नाघेको छ । ६ महिना पहिला फैलिएको भाइरसबाट मर्नेहरुको संख्या पनि ५ लाख कटिसकेको छ ।

विभिन्न देशको स्वास्थ्यप्रणाली नराम्रोसँग हल्लिएको छ भने विश्वको अर्थतन्त्रमा नराम्रो असर पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्