एजेन्सी । विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ । यहीं बेला चीनमा अर्को डरलाग्दो भाइरस देखिएको छ । विज्ञहरुले यस भाइरसले महामारी निम्त्याउन सक्ने ठहर गरेका छन् ।
चीनमा वैज्ञानिकहरुले फ्लुको एक यस्तो नयाँ स्ट्रेनको पहिचान गरेका छन् जसले महामारीको रुप लिन सक्दछ । उपलब्ध जानकारी अनुसार स्ट्रेन सुँगरमा रहेको छ तर यसले मानिसलाई पनि संक्रमण गर्न सक्दछ ।
शोधकर्ताहरु यस भाइरसले आफ्नो स्वरुप बदल्न सक्ने कुरामा चिन्तित रहेका छन् । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ ।
शोधकर्ताहरुले यस भाइरसमा सबै लक्षण रहेको र मानिसमा संक्रमण हुन सक्ने बताउँदै भाइरसको निगरानी राख्नुपर्ने कुरामा जोड दिएका छन् । किनकि यो एक नितान्त नयाँ भाइरस हो । मानिसको शरीरमा यस भाइरसविरुद्ध लड्नको लागि प्रतिरोधक क्षमता छैन ।
नयाँ भेटिएको भाइरस सन् २००९ मा भेटिएको स्वाइन फ्लुजस्तै रहेको तर केही परिवर्तन भएको वैज्ञानिकहरु बताउँछन् ।