१५ असार, काठमाडौं । नेपालमा थप ४७६ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशका विभिन्न स्थानमा भएका प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ४७६ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ६, ललितपुर र भक्तपुरका १–१ जनामा कोरोना संक्रमण देखिएको हो ।
हालसम्म नेपालमा १३ हजार २ सय ४८ कोरोना संक्रमण भएका छन् भने २९ जनाको ज्यान गएको छ । ३ हजार १ सय ३४ जना बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्