एजेन्सी । बंगलादेशमा डुंगा दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । दुर्घटना राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको हो ।
मर्नेहरूमा तीन बालबालिका पनि परेका छन् ।
ठुलो डुंगामा सानो ढुंगा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा धेरै बेपत्ता भएको बताइएकाे छ ।
दुर्घटनामा परी मरेका २८ जना व्यक्तिको शव बाहिर निकालिएको छ । डुंगामा करिब १०० व्यक्ति रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्