Logo

पाकिस्तानमा आतंककारीको हमलामा ९ जनाको मृत्यु



Spread the love


एजेन्सी । पाकिस्तानको कराँचीमा आतंककारीको हमलामा ९ जनाको मृत्यु भएको छ । ९ जनामध्ये चार सैनिक र पाँच गार्ड रहेका विदशी सञ्चारमाध्यमले बताएका छ्न् ।

पाकिस्तानको सेयर बजारमा आतंककारी हमला भएको थियो । आतंककारीहरुले सेयर बजारको मुलढोकामा ग्रिनेड विष्फोट गराइ भवनभित्र पसेको पाइएको छ ।

घाइतेहरुलाई कराँचीको सिभिल हस्पिटलमा सिफ्ट गरिएको छ । जसमध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको छ ।

कुनै पनि संगठनले आक्रमणको जिम्मा लिएको छैन, तर स्थानीय प्रहरीले आक्रमणको पछाडि बालोचीको समूह रहेको शंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्