Logo

नेपाल बाहिर कति जना संक्रमित, कतिको मृत्यु ?



Spread the love

असार १५, काठमाडौं । गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहिर कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या २६ हजार २ सय २७ रहेको छ । जसमध्ये करिब १८ हजारभन्दा बढी निको भइसकेका छन् ।

ज्यान गुमाउनेको संख्या भने १ सय ३० रहेको छ ।

गैरआवासीय नेपाली संघको विज्ञप्ति अनुसार कतारमा रहेका करिब ९२ हजार संक्रमितमध्ये २० प्रतिशतको हाराहारीमा नेपाली रहेका छन् ।

गत साता दक्षिण अफ्रिकामा रहेका ५ जना नेपालीमा कोरोना संक्रमण भएको संघले जनाएको छ । अन्य अफ्रिकी देशसहित सो क्षेत्रमा १० जना नेपाली कोरोना संक्रमित भइसकेका छन् । यसैगरी बंगलादेशमा रहेका १५ जना र भारतमा रहेका १ सय ५० जनामा संक्रमण देखिएको छ ।

नेपालका संक्रमितलाई समेत जोडी विश्वभर छरिएर रहेका ३८ हजार ५ सय ३६ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको गैरआवासीय संघले जनाएको छ ।

संघका अनुसार जेठ २२ देखि असार १३ सम्म भारतबाहेक तेस्रो मुलुकबाट ११ हजार ३ सय ७१ जना नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा सबैभन्दा बढी कुवेतका रहेका छन् । त्यसपछि यूएई, साउदी अरेबिया, मलेसिया, बंगलादेश, कतार, माल्दिभ्स, जापान र अस्ट्रेलिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्