Logo

सर्पको टोकाइबाट ५ वर्षीया बालिकाको मृत्यु



Spread the love
प्रतीकात्मक तस्वीर

असार १५, काठमाडौं । कञ्चनपुरको शुक्लाफाँट नगरपालिका १२ कालागौडीमा सर्पको टोकाइबाट ५ वर्षीया बालिका पुनम बोहराको मृत्यु भएको छ ।

आइतबार राति उनी सुतिरहेको बेलामा पुनमको हातमा सर्पले टोकेको परिवारले बताएको छ । राति नै उनलाई कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।

बालिकाको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्