Logo

कोरोनाबाट थप एक जनाको मृत्यु



Spread the love

असार १५, काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । ललितपुरको सानेपास्थित स्टार अस्पतालमा ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

रौतहटका उक्त युवकको शनिबार राति मृत्यु भएको थियो । आइतबार साँझ मात्र पीसीआर रिपोर्ट आएको थियो ।

संक्रमितको उपचारमा संलग्न एक जना चिकित्सक, दुई नर्स र एक जना सहयोगीलाई क्वारेन्टाइनमा राखिएको छ । यसैगरी बिरामीका चार जना आफन्तलाई पनि अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेहरुको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्