Logo

२४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?



Spread the love

१४ असार, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज आइतबार थप ४६३ संक्रमण भएका मध्य ३७ जिल्लामा कोरोना पुष्टि भएको छ । बाजुरामा ६३, महोत्तरीका ५६ जना, गुल्मीका ३८, प्युठानका ३५, दाङका ३४, बाजुरा र नवलपुरका ३१/३१ जना, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटका १७/१७ जना, डोटीका १३, रुपन्देहीका १२ र धनुषाका १०, कपिलवस्तुका ८ जना, उदयपुर, तनहुँ र अर्घाखाँचीका ६/६ जना, कास्कीका ५, खोटाङका ४, झापा, दोलखाका पर्वत, म्यादी र पाल्पाका २/२, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा १/१ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । उनीहरूमध्ये २८ जनाको मृत्यु भएको छ भने ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्