असार १४, काठमाडाैं । नेपालमा थप ४६३ जनामा काेराेना संक्रमण भएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ४६३ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १२ हजार ७७२ पुगेकाे छ ।
यसैगरी ३०१३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्