Logo

क्वारेन्टाइनमा एक जनाको मृत्यु



Spread the love

असार १४, काठमाडाैं । नवलपरासी पश्चिममा क्वारेन्टाइनमा रहेका एक जनाको ज्यान गएको छ । बर्दघाट नगरपालिका २ दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।

उनी असार १२ गते भारतको मुम्बइबाट आइ क्वारेन्टाइनमा बसेका थिए । उनी उच्च रक्तचाप र प्यारालाइसिसका पीडित थिए । उनको अवस्था जटिल भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटबल लगिएको र उपचारको क्रममा मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिएका छन् ।

उनले कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने पनि बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्