Logo

भक्तपुरमा चार वर्षीया बालिकामा देखियो कोरोना



Spread the love

असार १४, काठमाडौं । भक्तपुरकी चार वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बालिकालाई पेट दुखेपछि सिनामंगलमा रहेको केएमसी अस्पतलामा भर्ना गरिएको थियो । अस्पतालले असार ११ मा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो । शनिबार कोरोना संक्रमण देखिएको रिपोर्ट आएको थियो ।

संक्रमित बालिकालाई अस्पतालमा राखिएको छ भने परिवारका सदस्यहरु होम क्वारेन्टाइनमा रहेका छन् । परिवारका सदस्यहरुको केही समयपछि स्वाब संकलन गरी परीक्षण गरिने अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्