Logo

ल्याब असिस्टेन्ट नै कोरोना संक्रमित



Spread the love

असार १४, काठमाडौं । सुदूरपश्चिममा ८ जना ल्याब असिस्टेन्टमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ८ जना ल्याब असिस्टेन्टमध्ये तीन जना निको भइ घर फर्केका छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

बाजुरा र महेन्द्रनगरका दुई–दुई जना र कैलालीका एक जना अहिले उपचाररत छन् । कञ्चनपुरका तीनजना असिस्टेन्ट निको भइ घर फर्किएको मेडिकल ल्याबोरेटरी एसोसिएसन कैलालीका अध्यक्ष मीनबहादुर धामीले बताएका छन् ।

सुदूरपश्चिममा हाल पाँच सय जना ल्याब एसिस्टेन्टको रुपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्