एजेन्सी । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा भारतमा १९,९०६ जना कोरोना संक्रमित भेटिएका छन् भने ४१० जनाले ज्यान गुमाएका छन् ।
भारतमा पहिलो पटक यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएका हुन् । यसका साथै भारतमा संक्रमितको संख्या बढेर पाँच लाख २८ हजार ८५९ पुगेको छ । जसमध्ये दुई लाख तीन हजारभन्दा धेरै संक्रमितको उपचार चलिरहेको छ भने तीन लाख नौ हजारभन्दा धेरै निको भइ घर फर्केका छन् ।
हालसम्म भारतमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या १६,०९५ पुगेको छ । संक्रमितको संख्या उच्च रहेपनि निको भइ घर जानेहरुको संख्यामा वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्