१४ असार, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पुनः बढेको छ ।
भारतमा बितेको २४ घण्टामा ४ सय १४ जनाले ज्यान गुमाएका छन् भने १८ हजार बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुलाई २७ तारिखमा मात्रै भारतमा ४ सय ६२ जनाले कोरोनाको कारण कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा यो संख्या घटेको हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पर्न जान्छ ।
अहिलेसम्म भारतमा ५ लाख २९ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १६ हजार १ सय ३ जनाको मृत्यु भइसकेको छ ।३ लाख १० हजार उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्