असार १३, काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसको कारणले मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे भरतपुर अस्पतालको आईसीयूमा भएको अस्पतालले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका उनमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई भरतपुर अस्पतालमा सारिएको थियो ।
शुक्रबार दिउँसोदेखि नै उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्