एजेन्सी । भारतमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट १८,५५२ जना संक्रमित भएका छन् । यसैगरी बितेको २४ घण्टामा ३८४ जनाले ज्यान गुमाएका छन् ।
भारतमा हालसम्म ५ लाख ८ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने १५,६८५ जनाले ज्यान गुमाएका छन् । यसै गरी २ लाख ९५ हजारभन्दा धेरै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
बितेको जुन १ देखि ३ लाख १८ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । महाराष्ट्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्