Logo

पीसीआर परीक्षणका लागि दश प्रयोगशाला थपिंदै



Spread the love

असार १३, काठमाडौं । पीसीआर परीक्षणका लागि दश प्रयोगशाला थपिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायरा बढाउनका लागि थप १० ठाउँमा पीसीआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागेको हो ।

मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्र काठमाडौं, सशस्त्र प्रहरी बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरी अस्पताल बाग्लुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौमा गरी दस स्थानमा स्थापना गरिनेछ ।

अहिलेसम्मको अवस्था हेर्दा देशका २३ स्थानमा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ । अबदेखि ३३ ठाउँबाट पीसीआर परीक्षण हुनेछ ।

हालसम्म दुई लाख छ हजार २७१ जनाको पिसीआर परीक्षण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्