Logo

नेपालमा पनि छिर्यो सलह



Spread the love

असार १३, काठमाडौं । विश्वका विभिन्न स्थान हुँदै आएको सलह नेपाल प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सलहको झुण्ड प्रवेश गरेको कृषि मन्त्रालयले जनाएको छ ।

बाराको दुई ठाउँ, पर्साको पर्सागढी र सर्लाहीको नवलपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बिचमा सलहको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी कृषि मन्त्रालयले दिएको छ ।

कस्तो खालको सलह हो र कति संख्यामा सलह रहेको छ भनी बुझ्न विज्ञहरु सम्बन्धित क्षेत्रमा पुगेका छन् । सलहको झुण्ड ठुलो संख्यामा नरहेको प्रारम्भिक जानकारी रहेको छ ।

केही समयअगाडि सलह अफ्रिका हुँदै भारतसम्म आएको थियो । सो सलह नेपाल छिर्न सक्ने अनुमान गरी कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्