Logo

गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि



Spread the love
No photo description available.

१३ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा ३ जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

आज बिहान शनिबार थप ३२ जना भए मध्यका बाग्लुङका ८, स्याङ्जाका २२ र पूर्वी नवलपरासीका २ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्